एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्यो परामर्श
emountaintv.com · Sun Jul 26 07:48:22 GMT 2026
नेपाली काँग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ ।
आईतवार पार्टी मुख्यालय सानेपामा नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने उहाँले बताउनु भयो । यससँगै नेपाली काँग्रेस पनि प्रदेशमा सत्ता समीकरणका लागि एमाले र नेकपा बाहेकका दलहरुसँग परामर्शमा रहेको स्पष्ट हुन्छ । वागमती, मधेस र गण्डकी प्रदेशमा एमाले र नेकपाले मात्रै सरकार बनाउन स्पष्ट बहुमत नपुग्ने भएपछि दलहरु आफूअनुकुल बहुमत पु¥याउन जुटेका छन् । लोकतन्त्र र संघीयतालाई स्वीकार गरी निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)