८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
onlinekhabar.com · Sun Jul 26 07:46:47 GMT 2026

१० साउन, काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् ।
एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने भएकाले दोहोरिने, तेहरिने खाता संख्या पनि उल्लेख्य रहेकाले डिम्याट खाता संख्या उच्च देखिएको छ । यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने ५१ लाख ४८ हजार ८९४ छ । तसर्थ सोभन्दा माथिको करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)