सुदूरपश्चिममा एमाले–नेकपा गठबन्धनलाई स्पष्ट बहुमत,सरकार गठनको गृहकार्य सुरू
annapurnapost.com · Sun Jul 26 07:42:05 GMT 2026

धनगढी : केन्द्रमा एमाले–नेकपा सत्ता सहकार्यको सहमति भएसँगै सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शनिबार सत्ता सहकार्यको सहमति भएसँगै प्रदेशमा सरकार गठनको प्रक्रिया सुरू हुन थालेको हो ।
दुबै दलको सहमतिमा सुदूरपश्चिमको नेतृत्व नेकपाको भागमा परेको छ । नेकपा संसदीय दलका नेता खगराज भट्ट मन्त्रीमण्डलको भागबण्डा मिलाउन संघीय राजधानी गएका छन् । भट्ट, मन्त्रीमण्डलको भागबण्डा टुंगाएर सोमबार मात्रै धनगढी फर्किनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)