कोलकातामा ब्राजिल भर्सेस भारत फुटबल खेल हुँदैछ ?
nagariknews.nagariknetwork.com · Sun Jul 26 07:46:09 GMT 2026
ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ। जसमा कोलकाता सम्भावित आयोजकको रूपमा देखा पर्न सक्छ। इएसपीएन ब्राजिलको रिपोर्टलाई उद्दत गरेको इन्डियन एक्सप्रेसका अनुसार ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले पाँच पटकको विश्व च्याम्पियनलाई उपमहाद्वीपमा ल्याउन भारतीय आयोजकहरूसँग अग्रीम वार्ता गरिरहेको छ।
सीबीएफ र भारतीय सरोकारवालाहरू बीचको छलफल फिफा विश्वकप २०२६ को समयमा सुरु भएको बताइएको छ। भारतमा खेल्न ब्राजिलको चासोको पछाडिको प्रेरक शक्ति भनेको प्रतियोगिताको क्रममा भारतीय प्रशंसकहरूबाट सेलेकाओलाई प्राप्त भएको ठूलो समर्थन हो, जसमा सामाजिक सञ्जालमा उत्साहित समर्थकहरूको तस्बिरहरू भरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)