२४ वर्षदेखि रोकिएको सम्यक महादानको स्मरणमा काठमाडौंमा दिपंकर बुद्धको भव्य शोभायात्रा हुँदै
kalakarmi.com · Sun Jul 26 07:33:27 GMT 2026

काठमाडौं- हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।
गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएका थिए । उनीहरूले कार्यक्रमको सफल व्यवस्थापनका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)