मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार
barnanmedia.com · Sun Jul 26 07:54:48 GMT 2026

बाराको करैयामाई गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुई पैदलयात्रीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजनाको अवस्था चिन्ताजनक रहेको छ।
दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएकाले बारा प्रहरीले खोजी तीव्र बनाएको जनाएको छ।गएराती शनिबार राति करिब ११ बजे करैयामाई गाउँपालिका-८ स्थित नरही चोकदेखि इटहर जाने सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)