इरान र ओमानबिच स्ट्रेट अफ होर्मुजबारे वार्ता
ratopati.com · Sun Jul 26 08:11:13 GMT 2026

तेहरान । इरान र ओमानका उपविदेशमन्त्रीहरूले पछिल्ला दुई दिन तेहरानमा स्ट्रेट अफ होर्मुजबारे उच्चस्तरीय वार्ता गरेका छन् ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आइतबार टेलिग्राममार्फत यसको जानकारी दिएका हुन् । बाघाईका अनुसार दुवै पक्षले स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र कार्यान्वयन संयन्त्रबारे विचार आदानप्रदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)