धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल
onlinekhabar.com · Sun Jul 26 08:12:19 GMT 2026

१० साउन, धनगढी । बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा केहीबेर अघिदेखि छलफल सुरु भएको हो ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)