लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारीमा कांग्रेस
shilapatra.com · Sun Jul 26 08:29:53 GMT 2026

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ । लुम्बिनी प्रदेशमा कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा)ले आइतबार नै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको बताए ।
‘एमाले र नेकपाबीच सरकार चलाउने सहमति भएसँगै कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छौँ’, उनले भने, ‘सकभर बेलुकासम्म, नभए भोलिसम्म हाम्रोतर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ र हामी सरकारबाट बाहिरिन्छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)