रसुवा बाढीमा ३४ अस्ट्रेलियाली नागरिक बेपत्ता
clickmandu.com · Thu Aug 27 06:01:22 GMT 2026

एजेन्सी । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा आएको विनाशकारी बाढी र प्राकृतिक विपत्तिमा परी कम्तीमा ३४ अस्ट्रेलियाली नागरिकहरू बेपत्ता भएको जानकारी दिएकी छन् । उनले हालसम्म प्राप्त जानकारी ‘अत्यन्तै सीमित’ रहेको बताएकी छन् ।
विदेशमन्त्री वङले भनिन्, ‘हाम्रो जानकारी अनुसार यी अस्ट्रेलियाली नागरिकहरू विभिन्न तीर्थयात्रा र भ्रमण समूहका हिस्सा थिए । विपत्तिको भयावह अवस्थाका कारण यस चरणमा घटनास्थलसम्मको पहुँच र सूचना निकै सीमित छ । हामी हाम्रा नागरिकहरूको अवस्था र उनीहरू कहाँ छन् भन्ने कुरा पुष्टि गर्न तत्कालै पहल गरिरहेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)