मोदीको इन्स्टाग्राम रिलले रच्यो विश्व कीर्तिमान: २४ घण्टामै ३० करोडभन्दा बढी भ्युज, आईशोडस्पिडको रेकर्ड ध्वस्त!
barnanmedia.com · Sun Jul 26 08:43:01 GMT 2026

नयाँ दिल्ली,|
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा विश्वकै सबैभन्दा लोकप्रिय सेलिब्रेटीहरूलाई समेत पछि पार्दै एउटा नयाँ र ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ। गत बिहीबार राति ११:५२ बजे प्रधानमन्त्री मोदीको आधिकारिक अकाउन्टबाट पोस्ट गरिएको एक 'सेल्फी स्टाइल' भिडियो रिलले २४ घण्टाभित्र सामाजिक सञ्जालको इतिहासमै सबैभन्दा बढी हेरिएको भिडियोको रेकर्ड राखेको हो। भारतीय सञ्चार माध्यम रिपब्लिकका अनुसार उक्त रिलले पहिलो दिनमै ३० करोड ३० लाखभन्दा बढी भ्युज (दृश्य) संकलन गरेर इन्टरनेटमा तहल्का मच्चाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)