आयात १६ प्रतिशत बढ्दा पनि भन्सार राजस्व ६.५ प्रतिशत मात्रै वृद्धि, लक्ष्य फेरि अधुरै
ajakoartha.com · Sun Jul 26 08:55:00 GMT 2026

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगे पनि भन्सार राजस्व भने ६.५ प्रतिशतले मात्रै बढेको छ।
भन्सार विभागका अनुसार सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ८७.६ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)