कुटपिट र निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए चिकित्सक
annapurnapost.com · Sun Jul 26 08:47:53 GMT 2026

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यहाँका सरकारी तथा निजी अस्पतालमा सम्पूर्ण उपचार सेवा ठप्प पारेर चिकित्सकहरू अड्तालमा उत्रिएका छन् ।
शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाउँलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डा. प्रमोद राममाथि निर्घात रुपमा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते डा.राम आइसीयुमा उपचाररत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)