जग हाल्दादेखि नै स्वास्थ्य र शिक्षा मन्त्रालयको खिचातानी, पेलानमा गेटा
shilapatra.com · Sun Jul 26 09:16:43 GMT 2026

२०७२ सालमा कैलालीको गेटामा ‘मेडिकल कलेज’ स्थापनाका लागि पूर्वाधार निर्माणको सुरुवात गर्ने तयारी हुँदै थियो । सोही वर्ष वातावरणीय प्रभाव मूल्यांकन भएको थियो । रुख कटानी आदेश आएपछि ५५३ वटा रुखहरू काटिएका थिए ।
प्रशासनिक भवन निर्माणका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको थिएन । त्यहीबेला तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरी कैलाली आए । ‘गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्छ,’ उनले भनेका थिए । जबकि त्यसबेलासम्म पूर्वाधार निर्माणको शिलान्याससमेत भएको थिएन । २०७४ सालमा गेटा मेडिकल कलेजको प्रशासनिक, कलेज र अस्पताल भवनको एकैपटक शिलान्यास गरिएको थियो । त्यसबेलाका स्वास्थ्यमन्त्री चौधरीले ‘प्रतिष्ठान बनाउनपर्छ’ भन्नुको पछाडि एउटा कारण थियो । त्यो हो– प्रतिष्ठान हुँदा स्वास्थ्य मन्त्रालयमातहत आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)