रश्मीले उठाएको कदमवारे अनेकन अड्कलबाजी
rajdhanidaily.com · Sun Jul 26 09:24:22 GMT 2026

काठमाडौं । शुक्रबार कार्यालय निस्केकी रश्मी रिजाल तारकेश्वर नगरपालिका–९ को साङ्गलाखोला–पटापु क्षेत्रमा कारभित्र जलेको अवस्थामा उनी मृत फेला परेकी थिइन् । तारकेश्वर–९, शुभकामना चोककी बासिन्दा रश्मी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्।
रश्मी शुक्रबार बिहान करिब ७ः११ बजे कार्यालय जान भन्दै घरबाट निस्किएकी थिइन् । परिवारलाई पनि उनले कामका कारण चाँडै पुग्नुपर्ने बताएकी थिइन् । तर उनी त्यसदिन कार्यालय नै पुगिनन् । नियमित रूपमा कार्यालय आउने र बिना जानकारी बिदा नबस्ने रश्मी सम्पर्कविहीन भएपछि सहकर्मीहरूले परिवारलाई खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)