कांग्रेसले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने
ratopati.com · Sun Jul 26 09:32:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो ।
अहिले ४ प्रदेशमा कांग्रेसका मुख्यमन्त्री छन् । मधेसमा कृष्ण यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह कांग्रेसका तर्फबाट मुख्यमन्त्री छन् । यीमध्ये तत्कालका लागि मधेसका यादव र गण्डकीका पाण्डेको मुख्यमन्त्री पद सुरक्षित छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीले शनिबार साँझ मधेस र गण्डकीलाई छोडेर ५ प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)