सीमा सहजीकरणका लागि सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन
onlinekhabar.com · Sun Jul 26 09:29:28 GMT 2026

१० साउन, काठमाडौं । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ ।
१० साउनदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)