मोबाइल नपाएपछि साथीको हत्या
nepalnews.com · Sun Jul 26 09:48:17 GMT 2026

कास्की। मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका १ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ।
यही १ साउनमा सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)