पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
ratopati.com · Sun Jul 26 10:11:33 GMT 2026

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएको र ३५ घरपरिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)