पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
nepalpress.com · Sun Jul 26 10:17:51 GMT 2026

काठमाडौँ । थानकोट-नागढुङ्गामा निर्मित नेपालकै पहिलो सुरुङमार्ग भोलिबाट सञ्चालनमा आउँदै छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई प्रमुख अतिथि बनाएर सुरुङमार्ग भोलि उद्घाटन गर्न लागिएको हो ।
उद्घाटन कार्यक्रम बिहान १०.२५ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम मध्याह्न १२ः१५ बजेसम्म चल्ने छ । सार्वजनिक तालिका अनुसार कार्यक्रमको सुरुमा पण्डितहरुद्वारा स्वस्तिवाचनसहित पूजापाठ हुने छ । त्यसपछि औपचारिक रुपमा कार्यक्रमको सुरुवात हुने छ । पूर्वाधारमन्त्री लम्सालबाट पानस प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)