भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास
ratopati.com · Sun Jul 26 10:26:37 GMT 2026

काठमाडौँ । कञ्चनपुरमा भारत सरकारको सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती निलम लेखक जोशीले जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
सो भवन भारत सरकारको १.९ करोड रुपैयाँ आर्थिक सहयोग लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने भारतीय दूतावासले जनाएको छ । कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको समेत दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)