कालिकोट र प्यूठानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
canadanepal.com · Sun Jun 07 06:05:04 GMT 2026

काठमाडौँ -0 कालिकोट र प्यूठान जिल्लामा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
नेपाली सेनाका अनुसार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)