लगातार चौंथो हारसहित नेपाल काभा भलिवल प्रतियोगिताबाट बाहिरियो
annapurnapost.com · Sun Jul 26 10:37:56 GMT 2026
काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग ३–२ मा पराजित भएको हो ।
बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले हराएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो । निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)