चिरञ्जीवी काठमाडौंमा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 10:43:12 GMT 2026
काठमाडौं । चिरञ्जीवी खड्काले काठमाडौं रेड्सबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् । आइतबार काठमाडौंले चिरञ्जीवीलाई अक्सनबाट एक लाख रुपैयाँ २० हजारमा भित्र्याएको हो । उनले लुम्बिनी प्रदेशबाट भलिबल खेल्दै आएका थिए ।
उनको सुरुआती बोली एक लाख रुपैयाँको थियो । पछि, ६ वटै टिमले बोली लगाएपछि गोलाप्रथा गर्दा काठमाडौं भाग्यशाली सावित भएको हो । योसँगै टिमले प्रतियोगिताको निम्ति भित्र्याएको तेस्रो खेलाडी बने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)