नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छः एनसीसी अध्यक्ष अग्रवाल
arthasansar.com

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, क्वान्टम कम्प्युटिङ तथा जैविक प्रविधिले विश्व अर्थतन्त्र र उद्योगको स्वरूप परिवर्तन गरिरहेको बताए ।
उनले प्राकृतिक स्रोत वा सस्तो श्रमशक्तिभन्दा ज्ञान, अनुसन्धान, नवप्रवर्तन र प्रविधि नै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमताको प्रमुख आधार बनेको उल्लेख गर्दै नेपालले पनि युवा जनशक्ति, सिर्जनशीलता र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके दक्षिण एशियाकै महत्वपूर्ण नवप्रवर्तन केन्द्र बन्न सक्ने धारणा व्यक्त गरे । अध्यक्ष अग्रवालले फेस्टले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन र भविष्यका सीप विकासलाई एकै मञ्चमा ल्याएको उल्लेख गर्दै यी क्षेत्रहरू नै भविष्यको रोजगारी, उद्योग, उत्पादन र आर्थिक विकासका आधारस्तम्भ रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)