युनेस्को विश्व सम्पदा सूचीमा थपिए ग्रीसको माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी
kendrabindu.com · Sun Jul 26 11:12:33 GMT 2026

सोल । दक्षिण कोरियामा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आसुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।
बुसानमा बुधबारसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको ‘बोमा–बाडिङ्गिलो माइग्रेटरी ल्यान्डस्केप’लाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको छ । विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाइँसराइ हुने क्षेत्रमध्ये एक मानिने यो स्थल दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)