काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
ratopati.com · Sun Jul 26 11:20:05 GMT 2026
काठमाडौँ । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । आज भएको आफ्नो चौथो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भयो ।
बङ्गलादेशले दोश्रो सेट २५–१९, तेश्रो सेट २५–२३ र पाँचौ तथा अन्तिम सेट १५–११ ले जित्यो । नेपालले पहिलो सेट २५–१८ र चौथो सेट २५–२३ ले जित्यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कम भएको छ । लगातार चार खेलमा पराजित हुँदै तीन अंक जोडेपछि नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)