रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
ratopati.com · Sun Jul 26 11:18:41 GMT 2026

रौतहट । रौतहटमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा फतुवा विजयपुर–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको डुबेर मृत्यु भएको हो।
शनिवार दिउँसो भएको सो घटनामा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)