आफ्नो जहाजमाथि आक्रमण भएपछि युक्रेनलाई इरानको चेतावनी- ‘उचित जवाफ दिनेछौँ’
barnanmedia.com · Sun Jul 26 11:18:30 GMT 2026

इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एकजना नाविकको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको इरानले जनाएको छ ।
रुस–युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)