एउटै खेलमा मेसीको ४ गोल
ratopati.com · Sun Aug 30 05:20:42 GMT 2026
फ्लोरिडा । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) मा पहिलो पटक एउटै खेलमा ४ गोल गर्दै इतिहास रचेका छन् । मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले सीएफ मोन्ट्रियललाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको हाे ।
घरेलु मैदानमा भएको खेलमा मेसीले पहिलो हाफको ४०औँ मिनेटमा फ्रि किकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले ५२औँ मिनेटमा व्यक्तिगत प्रयासमा दोस्रो गोल गरे । त्यसपछि ८३औँ मिनेटमा तेस्रो गोल गरेका मेसीले इन्जुरी समयको छैटौँ मिनेटमा अर्को फ्रि किकमार्फत चौथो गोल पूरा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)