नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
ratopati.com · Sun Jul 26 11:54:16 GMT 2026

चितवन । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो।
गत वर्ष कात्तिकसम्म भौतिक प्रगति कमजोर रहेका दुई निर्माण आयोजनाको कामले पछिल्लो समय उल्लेख्य गति लिएको छ। सम्झौताअनुसार समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई आयोजनामध्ये चितवनको सिसै–भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्ध गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले यसको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)