‘विश्वका ६४ करोड ५० लाख मानिस अझै दिर्घकालीन भोकमरीमा’
nagariknews.nagariknetwork.com · Sun Jul 26 11:50:39 GMT 2026

दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म ‘शून्य भोकमरी’को लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका पाँच विशेषीकृत निकायले हालै सार्वजनिक गरेको ‘विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था–२०२६’ नामक प्रतिवेदनमका अनुसार विश्वभर भोकमरीको अवस्था छ । प्रतिवेदनअनुसार सन् २०२५ मा करिब ६४ करोड ५० लाख मानिस दीर्घकालीन भोकमरीको अवस्थामा रहेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब १ करोड ४० लाखले र सन् २०२२ को तुलनामा करिब ४ करोड ३० लाखले घटेको हो । खाद्य सुरक्षाको हिसाबले लामो समयसम्म दैनिक आवश्यक पर्ने क्यालोरी नपुग्ने अवश्थालाई सबैभन्दा गंभीर ‘दिर्घकालीन भोकमरी’ भनिन्छ । यो अवश्थामा कुपोषण, तौल घटने, रोग लाग्ने जोखिम र मृत्युको संभावना रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)