कंगोमा एडीएफका आक्रमणमा ३२ सर्वसाधारण मारिए
himalpress.com · Sun Jul 26 11:55:41 GMT 2026

पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ) ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
संयुक्त राष्ट्रसंघको सहयोगमा डीआरसीमा सञ्चालित रेडियो ओकापी का अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँमा भएका हुन्। थप पीडितको खोजी तथा पहिचानकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)