सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
rajdhanidaily.com · Sun Jul 26 12:21:50 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) स्कुल, कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचारका अभियुक्तलाई थुनेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको हो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गुरुङ र तामाङलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आयोगले गुरुङ र तामाङमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनीहरूलाई अनुसन्धानका लागि अख्तियारमा उपस्थित गराइएपछि थप प्रक्रिया अघि बढाइएको हो। गत असार २० गते जिल्ला प्रहरी परिसरले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। त्यसपछि उनीहरूलाई अदालतबाट पटक-पटक म्याद थप गरिँदै आएको छ। पछिल्लो आदेशसँगै उनीहरूको हिरासत अवधि थप भएको यो पाँचौँ पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)