प्रस्तावित निर्वाचन आयुक्त सुब्बाले पेस गरे डिजिटल निर्वाचन र नोटाको प्रस्ताव
onlinekhabar.com · Sun Jul 26 12:19:14 GMT 2026

१० साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले डिजिटल निर्वाचन र नोटा (मत दिन्न भन्ने अधिकार) लागुगर्ने गरी योजना पेश गरेका छन् । यस निम्ति आवश्यक पर्ने कानुनी व्यवस्था गर्ने र पूर्वाधार तयार गर्ने प्रतिवद्धता डा.सुब्बाको छ ।
डा. राजीव सुब्बाले संसदीय सुनुवाइ समितिमा ६ वर्षे रणनीतिक कार्ययोजना पेस गरेका छन् । डा. सुब्बासहित प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले पेस गरेको कार्ययोजना संसदीय सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)