बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानद्वारा १ लाख १ हजार सहयोग, प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउने
kendrabindu.com · Thu Aug 27 12:32:49 GMT 2026

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ लाख १ हजार १ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। साथै, प्रतिष्ठानले आफ्ना कर्मचारीहरूको एक दिन बराबरको तलबसमेत उक्त कोषमा जम्मा गर्ने जनाएको छ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले आफ्ना देशभित्र तथा विदेशमा रहेका शुभेच्छुकहरूबाट प्राप्त सहयोग रकमबाट उक्त योगदान गरेको हो। आर्थिक सहयोगका साथै प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)