‘पेन्सन पट्टा’ को बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री
kalakarmi.com · Sun Jun 07 06:19:11 GMT 2026

काठमाडौं– वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको यो फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो ।
लेखक तथा निर्देशक माओत्से गुरुङले फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए । यो फिल्मको बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)