टेलिकम र प्रहरीले प्रचारमा प्रयोग गरे भाइरल बालबालिका, उठ्यो गोपनीयता र सुरक्षाको प्रश्न
shilapatra.com · Sun Jul 26 12:30:00 GMT 2026

एक हप्ताअघि भाइरल भएको एउटा भिडियोले लाखौँको मन जित्यो । भिडियोमा सिमसिमे पानीमा पहेँलो, हरियो र गुलाबी रङका रेनकोट ओढेर लुरुलुरु तीन जना बालबालिका हिँडिरहेका देखिन्छन् । भिडियो खिच्नेले हेल्लो साथीहरू भन्दै बोलाउदा समेत सुन्दै नसुनी आफ्नै सुरुमा अघि बढेका तीन साना बालबालिकाले देशविदेशबाट माया पाए । उनीहरूको भिडियो हेरेर कैयौँले आफ्नो बालापन फेरि एकपटक सम्झिए । कति उनीहरूमा आफ्नै छोराछोरीको रूप देखेर मायाले पग्लिए ।
उनीहरू देश विदेशका मिडियाको हेडलाइन बने । कतिले त्यस्तै शैलीका भिडियाे र फाेटाेहरू एआईबाट बनाएरसमेत हाल्न भ्याए । युट्युबरहरू उनीहरूलाई खोज्दै घरैमा पुगे । तर अहिले त्यही भिडियो र तिनै बालबालिकाको तस्वीरलाई लिएर नयाँ बहस सुरु भएको छ । के कुनै कम्पनीले वा सरकारी निकायले बालबालिकाको अनुमतिबिना उनीहरूको तस्वीर आफ्नै सन्देश वा विज्ञापनमा प्रयोग गर्न मिल्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)