पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा ७ रुपियाँले घट्यो
gorkhapatraonline.com · Wed May 15 17:15:39 UTC 2024

काठमाडौँ, जेठ २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपियाँले घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एकसय ६८ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ७० र तेस्रो वर्गका लागि एकसय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एकसय ५१ रुपियाँ ५० पैसा, एकसय ५३ रुपियाँ र एकसय ५४ रुपियाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)