रसुवामा खाद्य सामग्री वितरण सुरु
ratopati.com · Sun Aug 30 05:33:45 GMT 2026

रसुवा । सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ । बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।
भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)