डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
barnanmedia.com · Sun Jul 26 13:56:39 GMT 2026

डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँको कपनबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौँको जोरपाटी बस्ने ३० वर्षीय धनबहादुर तामाङ, कपन बस्दै आएका ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठ बस्ने ३८ वर्षीय राजकुमार लामा र बौद्धस्थित नयाँ बस्ती बस्ने ३७ वर्षीय विजय तामाङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)