गोरखा कारागारमा डेंगु र भाइरल ज्वरो, ३० कैदीबन्दी संक्रमित
barnanmedia.com · Sun Aug 30 05:31:07 GMT 2026

गोरखा कारागारमा डेंगु र भाइरल ज्वरो फैलिएको छ । कैदीबन्दीमा लगातार ज्वरो आउने तथा स्वास्थ्य समस्या देखिएपछि आइतबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा १० जनामा डेंगु र २० जनामा भाइरल ज्वरोको संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये एक जनालाई प्रदेश अस्पताल गोरखामा भर्ना गरिएको छ भने अन्यलाई कारागारभित्रै उपचारको व्यवस्था मिलाइएको कारागार प्रशासक बसन्त खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु संक्रमित सबै पुरुष कक्षका कैदीबन्दी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)