भक्तपुरमा ११ दिने नाटक महोत्सव, १० नाटक मञ्चन हुने
annapurnapost.com · Sun Jul 26 14:00:12 GMT 2026

भक्तपुर : नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुरको लिवालीस्थित आस्था थिएटरमा ११ दिने नाटक महोत्सव सुरु भएको छ। महोत्सव साउन १९ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा विभिन्न सामाजिक तथा समसामयिक विषयवस्तुमा आधारित १० वटा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ। महोत्सवको पहिलो दिन खेल खतम नामक नाटक प्रदर्शन गरिएको छ। पहिलो र अन्तिम दिन यो नाटक प्रदर्शन हुनेछ। आइतबार क्षेरावती नामक नाटक प्रदर्शन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)