अफ्रिकी तटमा भेटियो ३०० हम्पब्याक ह्वेलको विशाल ‘सुपरग्रुप’
nagariknews.nagariknetwork.com · Sun Jul 26 14:22:32 GMT 2026
दक्षिण अफ्रिकाको पश्चिमी तटमा एक दुर्लभ र रोमाञ्चक दृश्य देखिएको छ, जहाँ लगभग ३ सय विशाल हम्पब्याक ह्वेलहरू मिलेर बनेको एउटा विशाल 'सुपरग्रुप' फेला परेको छ।
प्रसिद्ध वन्यजन्तु फोटोग्राफर क्रिस र मोनिक फेलोजले गत डिसेम्बरमा दक्षिण अफ्रिकाको तटमा २९९ वटा हम्पब्याक ह्वेलहरूको यो समूहलाई फेला पारेका हुन्। उनीहरूले ह्वेलको पुच्छर (फ्लुक) को फोटो खिचेर यसको संख्या पुष्टि गरेका हुन्। 'ह्याप्पी ह्वेल' संस्थाका अनुसार यो हम्पब्याक ह्वेलहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो समूहमध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)