माइतीघर डुबानको कारण- पूर्वाधार निर्माणमा प्राविधिक त्रुटि र जलप्रवाह क्षेत्रमा अतिक्रमण
nepalnews.com · Sun Jul 26 15:18:32 GMT 2026

काठमाडौँ। काठमाडौँको माइतीघर क्षेत्रमा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जलप्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेस भएको छ।
झरी परेपछि यो क्षेत्र डुबानमा पर्न थालेपछि ५ साउनमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन दिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)