स्ववियुले गर्याे प्रश्नपत्र चुहावटबारे स्वतन्त्र छानबिनको माग
nepalpress.com · Sun Jul 26 15:37:26 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष दीपक राज जोशीले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणबारे स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेका छन् ।
आइतबार जारी विज्ञप्तिमा परीक्षा केन्द्र निर्धारण, सुपरिवेक्षण तथा परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन सङ्कायको डिन कार्यालय र त्यसअन्तर्गतको परीक्षा सञ्चालन समितिमा निहित रहेकाले सम्भावित प्रशासनिक जिम्मेवारी पनि सोही कार्यालयसँग जोडिने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)