कसिलो कपडा लगाएर साइकल चलाउने टर्कीका गभर्नर पदमुक्त
barnanmedia.com · Sun Jul 26 15:52:02 GMT 2026

टर्कीको उत्तरपूर्वी अर्दहान प्रान्तका गभर्नर मेहमेट फातिह चिचेक्ली पदमुक्त भएपछि त्यसको कारणलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै व्यापक चर्चा सुरु भएको छ। औपचारिक रूपमा बर्खास्तीको कारण सार्वजनिक नगरिए पनि उनी साइक्लिङका क्रममा लगाउने कसिलो खेलकुद पोसाक (साइक्लिङ टाइट्स) विवादको केन्द्रमा परेको छ।
साइकल चलाउन निकै रुचाउने चिचेक्लीले साइक्लिङ टाइट्स लगाएर साइकल चलाएका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा नियमित रूपमा सार्वजनिक गर्दै आएका थिए। यही विषयलाई लिएर विपक्षी दलका सांसद इनान अक्गुन अल्पले संसद्मै उनको आलोचना गर्दै गभर्नरको पदअनुसार यस्तो व्यवहार उपयुक्त नभएको बताएका थिए। उनले चिचेक्लीलाई ‘टिकटक गभर्नर’ भनेर समेत टिप्पणी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)