धनगढीमा डा. केसी–सरकार वार्ता जारी, उपकुलपति नियुक्ति मुख्य विवादको विषय
newsofnepal.com · Sun Jul 26 16:37:11 GMT 2026

धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागबारे सरकार र डा. केसी पक्षबीच आइतबार मध्यान्ह १२:३० बजेदेखि सुरु भएको वार्ता रातिसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन।
सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य सचिव डा. विकास देवकोटाले वार्ता निरन्तर जारी रहेको जानकारी दिँदै छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताए। यद्यपि वार्ता कुन बिन्दुमा पुगेको छ वा सहमति नजिक पुगेको छ भन्नेबारे उनले कुनै टिप्पणी गरेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)