कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
ratopati.com · Sun Jul 26 16:53:53 GMT 2026

काठमाडौँ । कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले आइतबार साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदसँग फोन वार्ता गरी पछिल्ला क्षेत्रीय विकासक्रम र तनाव कम गर्ने प्रयासबारे छलफल गरेका छन् ।
कतारको परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार शेख मोहम्मदले वार्ता र कूटनीतिमा अडिग रहनुपर्ने, अमेरिका–इरान शान्ति सम्झौताको समझदारी पत्र कार्यान्वयन गर्नुपर्ने र होर्मुज जलसन्धि हुँदै स्वतन्त्र रूपमा जहाज आवागमन सुनिश्चित गरी क्षेत्रीय सुरक्षा र स्थिरता जोगाउनुपर्ने आवश्यकतामा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)