एसियन गेम्स छनोट : सहज जित निकाल्दै नेपाल फाइनलमा
barnanmedia.com · Sun Jun 07 06:51:27 GMT 2026
काठमाडौं । ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ । आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)